शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लेखी एमालेमा प्रवेश गर्दै

लेखी एमालेमा प्रवेश गर्दै

 

 

काठमाण्डौं । लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका राजकुमार लेखी नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष लेखी एमालेमा प्रवेश गर्ने भएका हुन् । उनले आफूले एमालेबाट राजनीति गरेको भन्दै एमालेमा फर्किने बताए ।

नेता लेखी गोदावरीमा जारी एमालेको विधान महाधिवेशनबाटै पार्टी प्रवेश गर्ने भएका छन् । लेखीले पहिलो संविधानसभा विघटनपछि एमाले छाडेका थिए । उनले बिहीबार लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend