बर्खा लागे संगै देशका बिभिन्न ठ“ाउमा पानी पर्ने क्रम जारी छ । जसको समस्यामा आम जनता परिरहेका छन् । पहाडी भूभागमा बाढी पहिरो समस्या देखापरेको छ भने तराईमा डुवानको समस्या । बिगतका बर्षमा जस्तै यो बर्ष पनि डुवान र पहिरोको समस्या आउने संकेत स्पष्ट रुपमा देखा परेको छ ।
यस्तै अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । बजार र ग्रामिण बस्ती नै डुबानमा परेपछि स्थानीयबासीको दैनिकी प्रभावित भएको छ । यातायात आवामन र व्यवसाय प्रभावित भएको स्थानीयबासीले बताएका छन् । स्कुल कलेज जाने विद्यार्थी, कर्मचारी र काम विशेषले घर बाहिर जानुपर्नेहरु समस्यामा परेका छन् ।नेपालगन्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र हो ।

यस्तै धेरै सवारीको चाप हुने नारायण –मुग्लीन सडकमा पनि पानी पर्न साथ पहिरो खस्ने समस्या देखा परेको छ । तराईका धेरै जिल्लामा डुवानको समस्या देखा परेको छ । गत बर्ष बाढी पहिरोका कारण सर्यौले अकालमै ज्यान गुमाएका थिए । सरकारले आगामी बर्ष यस्ता घटना हुन नदिन बिशेष गृहकार्य गर्ने भने पनि खासै उपल्ब्धी देखिएको छैन् । त्यसको न्यूनिकरणको लागी सरकार पक्ष आम नेपाली सवै एकजुट भएर लाग्नु जरुरी देखिन्छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend