शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

फेरी लाग्यो एमालेलाई झड्का,राष्ट्रिय युवा संघबाट २३ केन्द्रीय र ५ जना स्थायी कमिटी सदस्यले दिए राजीनामा (सूचीसहित)

फेरी लाग्यो एमालेलाई झड्का,राष्ट्रिय युवा संघबाट २३ केन्द्रीय र ५ जना स्थायी कमिटी सदस्यले दिए राजीनामा (सूचीसहित)

 

 

काठमाण्डौं । नेकपा एमालेलाई नमिठो ठूलो झड्का लागेको छ । पार्टी र संगठन निर्माणका लागि रगत पसिना बगाएकाहरु उपेक्षामा पर्ने र नवधनाढ्यहरु हावी हुँदै गएको भन्दै जनवर्गीय संगठनबाट युवाले धमाधम राजीनामा दिन थालेका हुन् ।

एमालेले मधेसका युवाको विश्वास जित्न सफल नभएको यी घटनाबाट पुष्टि हुन्छ । सात प्रदेशमध्ये सबैभन्दा कमजोर देखिएको प्रदेश नम्बर २ मा राष्ट्रिय युवा संघबाट एकैपटक २३ जना केन्द्रीय सदस्य र ५ जना युवा संघकै स्थायी कमिटी सदस्यले राजीनामा दिएका छन् । प्रदेशमा रघुविर महासेठजस्ता नवधनाढ्य र अवसरवादीहरु हाबी भएको उनीहरुको आरोप छ । राजीनामा दिनेमा युवा संघका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश २ का प्रदेश इन्चार्जसमेत रहेका छन् ।

केन्द्रीय अनुशासन आयोगका दिनेश सिंह, केन्द्रीय सचिवालय सदस्यहरु ईद मोहम्मद साफी, अभिषेक अग्रवाल र राम उद्गार यादवलगायत १९ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।

यसअघि राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटीमा रहेका राकेशराज गिरी, नरेश साह तुरहा, केन्द्रीय सदस्यत्रय निवेश कुमार, वीरवल कुशवाहा र संजय यादवले संयुक्त राजीनामा बुझाइसकेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend