शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

उपचारका लागि माओवादी नेता वर्षमान पुन बैंकक प्रस्थान

उपचारका लागि माओवादी नेता वर्षमान पुन बैंकक प्रस्थान

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि आज थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि दुई दिन अघिदेखि अस्पताल भर्ना गरिएको थियो । केही चेकजाँचपछि उनको शरीरमा जण्डिसको मात्रा देखिएको थियो ।

घरमा आराम गर्दा र औषधी खाँदा पनि सुधार नआएपछि नेपाली चिकित्सकहरुले नै थप उपचारका लागि बैंकक जान सुझाव दिएको पुनको सचिवालयले जानकारी दिएको छ ।

उनी यसअघि पनि बिरामी भएका थिए । शुरूमा भाइरल ज्वरो आएर भाइरल निमोनिया भएपछि उनलाई थाइल्याण्ड लगेर उपचार गरिएको थियो । त्यहाँ करिब महिना दिन बसेर उपचार गरेर उनी स्वदेश फर्किएका थिए । उनी पाँच वर्षयता बैंकक नियमित उपचार गराइरहेका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend