शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लोसपाले कडा कदम चाल्ने, दलका नेता सोनलले दिए यस्तो कडा प्रतिक्रिया

लोसपाले कडा कदम चाल्ने, दलका नेता सोनलले दिए यस्तो कडा प्रतिक्रिया

 

 

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीको प्रदेश २संसदीय दलका नेता जितेन्द्र सोनलले प्रदेश २ मा आफूहरु सशक्त प्रतिपक्षिको भूमिका निर्वाह गर्ने बताएका छन । उनले मुख्यमन्त्री लालबाबु राउतको सरकारले क्रियाकलाप नसुधारे कडा कदम चाल्न बाध्य हुने पनि बताए ।

सोनल लोसपाको संसदीय दलको नेतामा सोमबार राति मात्र निर्वाचित भएका हुन । पार्टी विभाजन पश्चात प्रदेश २ मा लोसपा प्रमुख प्रतिपक्षी दल बनेको छ ।

मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सोनलले मुख्यमन्त्री लालबाबु राउतसँग प्रष्ट दृष्टिकोण नरहेको टिप्पणी गरेका छन् । उनले यो सरकार टाइमपास मात्र गरिरहेको आरोप लगाएका छन् । उनले भने, ‘यो लालबाबुको सरकारसँग मधेसको उन्नति, प्रगति, समृद्धि, संघीयतालाई संस्थागत गर्ने सवालमा कुनै प्रष्ट दृष्टिकोण छैन्, प्रष्ट योजना छैन ।’ ‘एनिहाउ सरकार बचाउ’ भन्ने जुन प्रचलन छ, त्यसै प्रक्रियामा मुख्मयन्त्री लालबाबु राउतको सरकार रहेको सोननले आरोप लगाए ।

‘अहिले क्याबिनेटको बैठक बसिरहेको छैन, हाउस बन्द छ, मन्त्री–मन्त्रीमा मुद्दा चलिरहेको छ । मन्त्रीहरुलाई बस्ने क्वाटर छैन, अफिस छैन । यो सरकारसँग व्यवस्थापन गर्ने कुनै व्यवस्थापकिय दृष्टिकोण छैन’ उनले भने ।

विभिन्न सञ्चारमाध्यममा प्रदेश सरकारको विभिन्न ‘कर्तुतको समाचार’ आए पनि त्यसका बारेमा प्रदेश सरकारको कुनै दृष्टिकोण नरहेको नेता सोनलले आरोप लगाए । यो सरकार जसरी भए पनि समय काट्ने योजनामा रहेको भन्दै त्यसरी जनताको समय खेरजान नदिने सोनलले बताए ।

तपाईँहरु प्रतिगामी हुनुहुन्छ भनेर आरोप लागिरहेको छ भन्ने प्रश्नमा उनले संसद विघटनकै आधारमा अग्रगमन र प्रतिगमण्न छुट्याउन नसकिने बताए । उनले भने, ‘अहिलेको यो संसद कुनै प्रोडक्ट दिन सकेको छैन । न संसद चलिरहेको छ न कुनै कानुन बनेको छ । यस्तो संसद राखिराख्नुभन्दा लोकतन्त्रमा फ्रेस म्याण्डेटका लागि जानु लोकतान्त्रिक विधिमा यो भन्दा राम्रो के हुन्छ ? ’ प्रदेश २ मा अहिले जसपा, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त सरकार छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend