शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रदेश २ः लोसपा संसदीय दलको विधान पारित

प्रदेश २ः लोसपा संसदीय दलको विधान पारित

 

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलको विधान पारित भएको छ । सोमबार जनकपुमा बसेको बैठकले दलको विधान सर्वसम्मतिले पारित गरेको प्रदेश सभा सदस्य परमेश्वर साहले जानकारी दिए । विधान पारित भएसँगै दलको नेता चयन गर्ने प्रक्रिया अगाडि बढाइएको छ । तर, दलको नेता चयनमा सकस भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । ती नेताका अनुसार दलको नेता बन्न आकांक्षी बढेपछि सर्वसम्मतिले नेता चयन हुने सम्भावना छैन ।

सांसद साहले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई निर्वाचन अधिकृत पठाउन पत्र लेखेका छन् । ठाकुरले निर्वाचन अधिकृत पठाएपछि अकांक्षी सांसदले उम्मेदवारी दिनेछन् । निर्वाचन अधिकृत र शीर्ष नेताहरूले फेरि एकपटक सर्वसम्मतिमा दलको नेता छनौट गर्ने प्रयास गर्नेछन् । त्यहाँपनि सहमति नजुटे आज नै निर्वाचन हुनेछ । दलको नेतामा चार जनाको दाबी छ । जसमा रानी शर्मा तिवारी, सुरिता साह, जितेन्द्र सोनल र उपेन्द्र महतो रहेका छन् ।

बैठकमा लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, सरत सिंह भण्डारी, अनिल झा, उमाशंकर अरगरियासहित प्रदेशसभा सदस्यहरूको सहभागिता छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend