शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमालेभित्र फेरि विवाद, रावललगायत नेताहरुले पोखे असन्तुष्टि

एमालेभित्र फेरि विवाद, रावललगायत नेताहरुले पोखे असन्तुष्टि

 

 

काठमाडौं । नेकपा एमालेभित्र फेरि विवाद सुरु भएको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष भीम रावललगायत नेताहरु असन्तुष्टि छन । यी नेताहरुले असन्तुष्टि पोखे पछि विवाद देखिएको हो ।

विधान महाधिवेशनमा प्रस्तुत हुने विभिन्न प्रतिवेदन तथा दस्तावेजबारे एमालेमा छलफल चलिरहँदा अध्यक्ष केपी शर्मा ओलीइतर समूहका नेताहरुले चेतावनी दिएका हुन् । उनीहरुले १० बुँदे सहमति अनुसार एमालेको कार्यविभाजन २ जेठ २०७५ मा जस्तो छ त्यस्तै हुनुपर्ने अडान राखेका छन् । तर, ओलीले जस्ताको तस्तै कार्यान्वयन नहुने बताउँदै आएका छन् । यसैगरी केन्द्रीय कमिटी बैठकमा तीनवटा दस्तावेजमाथि समूह बनाएर छलफल चलिरहेको छ । त्यसका लागि ८ वटा समूह बनाइएको छ ।

एमालेको विधान महाधिवेशन १५ देखि १७ असोजसम्म ललितपुरको गोदावरीमा हुने तय भएको छ । विधान महाधिवेशनमा एमालेमा उमेरहद, पदाधिकारीलगायत कार्यकारिणीको निर्वाचन प्रक्रियालगायतको टुंगो लगाउन दस्तावेज तयार भइरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend