शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफलका विषयहरु प्रस्तुत हुने

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, समूहगत छलफलका विषयहरु प्रस्तुत हुने

 

 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । आजको बैठकमा विधान महाधिवेशनका लागि तयार पारिएका तीन प्रतिवेदनमाथि भएका समूहगत छलफलका विषयहरु प्रस्तुत हुनेछन् ।

आज ११ बजे बस्ने बैठकमा समूहगत छलफलको निष्कर्ष समेटेर तीनवटै प्रस्ताव पारित गरिने केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा हिजोबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए ।

त्यस्तै महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले क्रमशः सांगठनिक र विधान संशोधन प्रस्ताव पेस गरेका छन । एमालेले उक्त प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफलका लागि सात प्रदेश र एक जनवर्गीय संगठन गरी आठवटा समूह छुट्याइएको छ ।

एमालेको विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ भने राष्ट्रिय महाधिवेशन आगामी मंसिरमा तय भएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend