शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो

काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो

फाइल तस्बिर
काठमाण्डौ । काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं। ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते भएका छन । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend