काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजदेखि सुरु हुँदै छ।अहिले विहान ११ बजे च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक हुन लागेको हो ।
एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने छ । बैठक शनिबार पनि बस्नेछ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी गरेको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend