शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालको नेतृत्वमा यस्तो बन्यो एकीकृत समाजवादीको टिम, कार्य योजना समेत तय

माधव नेपालको नेतृत्वमा यस्तो बन्यो एकीकृत समाजवादीको टिम, कार्य योजना समेत तय

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले पदाधिकारी चयन गरेको छ । पहिलो केन्द्रीय कमिटी बैठकले पदाधिकारी टुंगाएको हो। पार्टीमा पूर्ण र वैकल्पिक समेत गरी ३०१ केन्द्रीय सदस्य रहने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।

पार्टी अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेतामा झलनाथ खनाल, नेतामा मुकुन्द न्यौपाने छन्। यस्तै, उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई चयन भएका छन्। महासचिवमा बेदुराम भुसाल, उप महासचिवमा प्रकाश ज्वाला, डा गंगालाल तुलाधार, डा विजय पौडेल चयन भएका छन्।

सचिवमा नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्रकुमार राई र रामकुमारी झाँक्री चयन भएका छन्। यस्तै, पोलिटब्यूरो ७१ सदस्यीय र स्थायी समिति ३५ सदस्यीय हुनेछ। बैठकले आगामी तीन महिनाको कार्य योजनासमेत तय गरेको सचिव खतिवडाले बताए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend