शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रचण्डको उग्र भाषण लगत्तै एमालेका उपमहासचिव भुसालले फर्काए प्रचण्ड बोल्नै नसक्ने जवाफ !

प्रचण्डको उग्र भाषण लगत्तै एमालेका उपमहासचिव भुसालले फर्काए प्रचण्ड बोल्नै नसक्ने जवाफ !

 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूहरुको चिन्ता नलिन आग्रह गरेका छन्।

काभ्रेको पाँचखालमा बिहीबार आयोजित वाईसीएल नगर भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले घनश्याम भुसाल र योगेश भट्टराईहरुले केपी ओलीसँग आत्मसमर्पण गरेको आरोप लगाएका थिए।

त्यसको जवाफ दिँदै भुसालले प्रचण्डलाई आफूहरुको चिन्ता नलिन सुझाव दिएका हुन्। कमरेड  ! प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो। हाम्रो पार्टी हामीले नै बनाउँछौँु, उनले भने, ुतपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं।’

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछिको अवस्थामा नेता भुसाल तत्कालीन प्रचण्ड–माधव नेपाल समूहमा थिए। केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजीनामा दिएर सडक संघर्षमा उत्रिएका उनीहरु माधव नेपालले पार्टी नफुटाउँदासम्म एमाले बाहिरै थिए। पार्टी फुटाउने क्रममा उनीहरुले माधव नेपाललाई साथ नदिएर एमालेतिरै फर्किएपछि आत्मसमर्पण गरेको आरोप प्रचण्डसहितले लगाउने गरेका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend