सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

विद्यार्थी संगठनको एकताका लागि यस्तो छ तयारी

विद्यार्थी संगठनको एकताका लागि यस्तो छ तयारी

नेकपा एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भईसकेको अवस्था छ । पार्टी एकता भए संगै भातृ संगठनहरुलाई पनि एउटै पार्टीमा मिलाउनु पर्ने अवस्था छ । साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी एक भएसँगै विद्यार्थी संगठनको पनि एकता प्रक्रिया शुरु भएको छ । पार्टीकै निर्देशनअनुसार अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)बीच एकता प्रक्रिया शुरु भएको छ ।

दुवै संगठनको संयुक्त सचिवालय बैठक बसी एकता प्रक्रिया शुरु गरिएको अनेरास्ववियुले जनाएको छ । एकता प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि बैठकले विधान, राजनीतिक तथा शैक्षिक दस्तावेज र संगठन समायोजन मस्यौदा तयार गर्ने सहमति गरेको छ । तीन मस्यौदा तयार गर्नका लागि चाँडै जिम्मेवारीसमेत तोकिने भएको छ । दुई संगठनबीच एकता प्रक्रियाको शुरुआत क्याम्पस कमिटीबाट समेत गर्ने निर्णय भएको छ ।

बैठकमा एकता कार्यदलमा रहनुभएका अखिलका इन्जार्ज तथा संस्कृति, पर्यटन, नागरिकमन्त्री रवीन्द्रप्रसाद अधिकारी, अखिलका अध्यक्ष नवीना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जीत तामाङ सहभागी रहनुभएको थियो । दुई पार्टी एकीकरणपछि पार्टीका भ्रातृ संगठनलाई तीन महिनाभित्र एकता गरिसक्ने योजना छ । भ्रातृ संगठनको एकताका लागि ती संगठनका दुवै इञ्चार्ज र दुई अध्यक्षको कार्यदल बनाइएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend