शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

चाडपर्व लक्षित बजार अनुगमन सुरु

चाडपर्व लक्षित बजार अनुगमन सुरु

 

फाइल तस्वीर

 

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए ।

उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन् । सो टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजाररपसलहरुको अनुमगन गर्ने छ । अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलले बताए ।

काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा पनि केन्द्रबाट अनुगमन टोली खटाउने योजना वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend