शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

ह्यान्डबल कि शारदाको आर्मीमा बढुवा

ह्यान्डबल कि शारदाको आर्मीमा बढुवा

 

रुकुम । नेपाली महिला राष्ट्रिय ह्यान्ड बल टोली तथा विभागीय त्रिभुवन आर्मी क्लब कि शारदा बिश्वकर्मा हुद्दा (हवल्दार)मा बढुवा भएकी छिन।

उनलाई मंगलबार श्री सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रका केन्द्रपति महा सेनानी शसि किरण रायमाझीले हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए । उनको साउन मै हवल्दारमा बढुवा भएपनि उनले मंगलबार मात्रै हवल्दारको दर्ज्यानी चिन्ह प्रदान गरेकी छिन ।

रुकुम बाफ़िकोट स्थायी घर भएकी शारदा बिस २०६९ मा सैन्यबाट आर्मीमा प्रवेश गरेकी थिइन् । त्यसपछि उनीको प्युठ हुदै अमल्दारमा बढुवा भएको थियो । आर्मीमा भर्ना भए लगत्तै उनी आर्मीको महिला ह्याण्ड बल टोलीसँगै नेपाली राष्ट्रिय महिला ह्याण्ड बल टोलीमा पर्न सफल भएकी थिइन् ।

२९ वर्षीय शारदाले २०७० साल देखि हालसम्म ८ वटा राष्ट्रिय खेल खेली सकेकी छिन । उनिले राष्ट्रिय टोलीबाट सन् २०१९ को १३औं दक्षिण एसियाली खेलकुद (साग) समेत खेली सकेकी छिन ।

उक्त सागमा नेपाली महिला ह्याण्डबल टोलीले नेपालललाई रजत पदक दिलाएको थियो । उनले आर्मीको महिला ह्याण्ड बल टोलीबाट दर्जन बढी उपाधि जिती सकेकी छिन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend