शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

 

काठमाडौं । परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बाँकी रहेको उनले बताए ।

समय निश्चित गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई मन्त्री पदको शपथ ग्रहण गराउनेछिन् । आजै कार्यभार सम्हालेर मन्त्री खड्का संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend