प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज र रेल चलाउने कुरा गरिरहेको बेला पूर्वप्रधानमन्त्री बाबुराम भटटराईले उखान टुक्का र हावादारी कुरा गरेर देश चल्न नसक्ने भन्दै प्रधानमन्त्री ओलीलाई काम गर्न सकने कुरा गर्न आग्रह गरेका छन् । गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भटटराईले यो सरकार नीति तथा कार्यक्रम छनौटमा चुकेको समेत आरोप लगाए । प्रधानमन्त्री ओलीले आकाशमा हेरेर जमिनमा टेक्नु पर्नेमा आकाशमा मात्र हेरेको आरोप लगाउदै जनताको जनजिबिकाको कुरामा गम्भिर हुन नसकेको आरोप लगाए ।
पानी जहाज र रेलको ठूला कुरा गरेर अहिलेको आवश्यकता सडकमा भने कुनै चासो नदिएको ओलीलाई आरोप छ । कमिसनखोरी र भष्टाचार अन्त्यका लागि पनि सरकारले पहल नगरेको उनको आरोप छ । ठेकेदारी प्रथामा देखिएको विकृति बिसंगतिलाई सरकारले प्रश्रय दिइरहेको भन्दै उनले यसको अन्त्यमा जोड दिए । राष्ट्रिय गौरवको बूढीगण्डकी जलबिद्युत आयोजना अहिलेसम्म कुन मोडेलमा बन्ने यकीन नगर्दा समस्या भएको उनले बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend