शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गठबन्धन सरकार प्रति कमल थापाको कडा टिप्पणी

गठबन्धन सरकार प्रति कमल थापाको कडा टिप्पणी

 

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारलाई अपवित्र गठबन्धनको संज्ञा दिएका छन् । उनले मंगलवार बिहान एक ट्वीट गर्दै अपवित्र गठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको टिप्पणी गरेका छन् ।

उनले सरकारले पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको निर्णय भएको भन्दै यसको विरोध गरेका छन् । उनले निर्णय तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरेका छन् ।

पूर्वाधारमा लगानी गर्दा आयस्रोत नखोजिने व्यवस्था गरेर वर्तमान ुअपवित्रुगठबन्धन सरकारले भ्रष्टाचार र ब्रम्हलुटलाई संस्थागत र वैधानिकता प्रदान गरेको छ।भ्रष्टाचार गरेर आर्जन गरिएको अकुत कालो धनलाई चोख्याउने सरकारको यस निर्णयको बिरोध र भर्त्सना गर्दछु।
यो निर्णय तत्काल फिर्ता गरियोस्

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend