काठमाडौं । नवगठित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।एक महिना अघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको केन्द्रीय कमिटीको पहिलो वैठक बस्न लागेको हो ।
भोलिसम्म चल्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु र देशभर सङ्गठन विस्तारबारे छलफल हुने भएको छ । बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय सङ्गठन, आयोग गठन, विस्तार तथा सुदृढीकरणको विषयमा छलफल हुने बताइएको छ ।
बैठकले केही नेताको विभाग हेरफेर गर्ने र केही नेतालाई नयाँ जिम्मेवारी तोक्ने जनाइएको छ । बैठकमा ११३ जना केन्द्रीय सदस्य सहभागी हुने छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend