शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

संविधानविद् डा आचार्यले के भने त्यस्तो, प्रश्न गर्दा गदै धमला नै गम्भिर (भिडिओसहित)

संविधानविद् डा आचार्यले के भने त्यस्तो, प्रश्न गर्दा गदै धमला नै गम्भिर (भिडिओसहित)

 

 

 

काठमाडौं । संविधानविद् डा भीमार्जुन आचार्यले नेपालका राजनीतिक दल र यसका शीर्ष नेताहरुले संविधानमाथि घात गरेको आरोप लगाएका छन् । उनले संविधानलाई लिएर अथरसिप र अनरसिपको समस्या आएको पनि टिप्पणी गरेका छन् ।

सातौं संविधान दिवसको अवसरमा प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा आचार्यले नेपालमा विकाउ नेताहरु बढि हुनु नै देशको दुर्भाग्य भएको आरोप लगाए । हिजोआज लेखिने संविधानका अन्तरवस्तु लगभग उस्तै हुने उनको भनाई छ ।

उनले संविधान जारी भएपछि त्यसको ईमानदारितापूर्वक कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अघि बढिरहेको भए नेपालको संविधानको धेरै छिटो अन्त्य आफूले देखेको पनि स्मरण गराए । उनले भने, मुलुक एकखालको मुठभेडमा जाँदै थियो, नेपाली सेना पनि विवादमा आउने खतरा मैले देखिरहेको थिएँ । त्यो मुठभेडले अन्यत्र लैजाने सम्भावना देखिन्थ्यो ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend