बुटवल । नेकपा एकीकृत समाजवादी रुपन्देहीले पदाधिकारीलाई पूर्णता दिएको छ। यसअघि भदौ ११ गते बसेको बैठकले समानान्तर कमिटिलाई नेकपा एकिकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको थियो। आइतबार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो।
जसको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अबिराम बिक र सहसचिव सरिता श्रीस रहेका छन्।
यसअघि नेपाल समूहले गठन गरेको समानान्तर कमिटिमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी भने एमालेमै बसेका छन्। बैठकले पदाधिकारीको टुंगो लगाएको बाँकी सदस्यहरुबारे छलफल भइरहेको सहसचिव सरिता श्रीसले जानकारी दिइन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend