शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले नेता भट्ट भन्छन्– गठबन्धन फुट्दै छ, देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन्

एमाले नेता भट्ट भन्छन्– गठबन्धन फुट्दै छ, देउवाले पनि संसद विघटन गरेर चुनाव घोषणा गर्दैछन्

 

कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा संसद विघटन गर्ने मनसायमा पुगेको बताएका छन् । अखिल नेपाल किसान महासंघले कैलालीको घोडाघोडीमा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलामा भट्टले संसद विघटन गरेर देउवा निर्वाचनमा जाने तयारीमा रहेको बताएका हुन् ।

‘संसद विघटन गरेर निर्वाचन घोषणा गर्ने तयारी भइरहेको छ’, उनले भने ‘यो कुरा बाहिर नल्याइएको मात्रै हो ।’

भट्टले वर्तमान गठबन्धन धेरै समय नटिक्ने समेत दावी गरे । एमसीसीका कारण गठबन्धन धरापमा रहेको उनको भनाइ छ । ‘एमसीसीकै कारण यो गठबन्धन फुट्दै छ’, उनले भने, ‘त्यसकै कारण मन्त्रिमण्डल विस्तार पनि हुन सकेको छैन ।

उनले माधव नेपाल केन्द्रमा राखेर गरिएको १० बुँदे सम्झौता हुबहु कार्यान्वयन नहुने पनि बताए । ‘अहिले एमालेको लागि जेठ २ पनि आवश्यक हो र त्यसपछिपछिको पनि । त्यस्तै फागुन २७ पनि आवश्यक छ’, उनले भने । उनले अबको निर्वाचनपछि एमाले फेरि ठूलो दल बन्ने दावी गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend