सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कुरा मात्र गरेर हुदैन, जनताले परिणाम खोजेका छन

कुरा मात्र गरेर हुदैन, जनताले परिणाम खोजेका छन

 

डा डिआर उपाध्याय,

 

नेपाली जनता धेरै समस्यामा परेका छन । जनताको सरकार अझै आएको छैन । जनताले धेरै कुराको सास्ती भोग्दै आएका छन । जुन सरकार आए पनि जनतालाई केही अनुभूति भएको छैन । अहिले जनता पुरै निराशमा छन । जनतामा उत्साह र उमंग छैन । आज समृद्ध नेपाल, सुखी नेपालीको नारा ओझेलमा परेको छ । सरकार पनि जनचाहनाअनुसार अगाडि बढ्न सकेको छैन ।

सरकारले जनताको पक्षमा काम गर्न सकेन । लोकतन्त्रको मूल मर्म अनुसार कुनै काम हुन सकेको छैन । जनताको ताजा जनादेश लिने कुरामा कोही पछि हटनु हुदैन । वास्तवमा सत्तारूढ दलमा देखिएको आन्तरिक किचलो सत्तास्वार्थ नै हो । जसले गर्दा यो गलत परिणाम आएको हो । नेकपा एमाले बिभाजन हुनु दुखद कुरा हो । लाखौँ कार्यकर्ता अझै पनि एकताको पक्षमा उभिएका छन् । अहिले नेकपा एमालेमा देखिएको समस्या भनेकै गलत चिन्तन र प्रवृत्ति नै हुन् ।

सरकारका अगाडि थुप्रै चुनौती छन् । देशमा कोरोनाका कारणले धेरैको रोजगार गुमेको छ । मुलुकको अर्थतन्त्र धराशयी हँुदै गएको छ । यस्तो अवस्थामा सत्तारूढ दल त्यति गम्भिर छैन । नेताहरू एकअर्का खेमाप्रति गालीगलौजमा उत्रेका छन् । यो राम्रो संकेत होईन । नेकपा एमाले एकढिक्का भएर पद र प्रतिष्ठाको लोभमा नलागी सकारात्मक काम गरेको भए आज देश विकास र समृद्धिको बाटोमा अघि बढ्न सक्थ्यो ।

यस्तो जटिल स्थितिमा समाजवाद उन्मुख सरकारलाई आफ्नै पार्टीबाट सहयोग हुन नसक्नु देशको दुर्भाग्य हो । जनताको पक्षमा काम गरेर देखाउने बेला हो यो । अब कुरा मात्र गरेर हुदैन काम गरेर देखाउनु पर्छ । नेपाली काँग्रेस नेपाली जनताको पार्टी हो । यो पार्टीले जनताको पक्षमा काम गरेर देखाउनु पर्छ । लामो समय सम्म लोकतन्त्रका लागी लडेर आएको पार्टी हो नेपाली काँग्रेस । आज जसरी नेपाली काँग्रेसको बिश्वास जनताले गरेका छन त्यसै गरी सधै नेपाली जनताले यो पार्टीको बिश्वास र भरोसा गरुन भन्ने भावना सबैमा हुनु पर्छ ।

लोकतन्त्रका लागी काँग्रेस अघि नबढेको भए आज यो अबस्था नेपालमा आउने थिएन । कम्युनिष्ट भनेका दुइ दिनका पाहुना हुन । आज देशमा कम्युनिष्ट छन तर के गरे ? प्रश्न गर्ने मन छ । जनताले कम्युनिष्टवाट केही पाउदैनन् । आज जनता भ्रममा छन । भ्रमबाट मुक्त हुन अनुरोध गर्दछु । कुरा मात्र गरेर हुदैन । काम गरेर देखाउनु पर्छ । कम्युनिष्टले काम गरेर देखाउन सकेनन् । जनतालाई सधै भ्रममा मात्र राखे । यसरी देश बनाउन सकिदैन । आफू मात्र बन्ने जनताको कुनै वास्ता नगर्ने यसरी चल्दैन । जनताले परिणाम खोजेका छन । आज जनतालाई परिणाम दिन कुन नेताले के भिजन दिएका छन । जनता नेता प्रति पुरै निराश छन । जनतामा आश जगाउने कुनै नेताको भिजन छैन । यसरी देश र जनताको भाग्य र भविश्य निर्माण हुदैन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend