शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कांग्रेसको वडा अधिवेशन काठमाडौंमा पनि असोज ५ मा हुने

कांग्रेसको वडा अधिवेशन काठमाडौंमा पनि असोज ५ मा हुने

 

 

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं भित्रका १३८ वटा वडाहरुमा पनि असोज ५ गते अधिवेशन गर्ने तयारी गरेको छ । लामो समय सम्म क्रियाशील सदस्यताको सूची टुुङ्गो लगाउन नसकेको कांग्रेसले क्रियाशील सदस्यताको टुङ्गो लगाएर वेबसाइटमार्फत सार्वजनिक गरेसंगै वडाहरुको अधिवेशनको तयारी थालेको हो ।

काठमाडौं कांग्रेसका सभापती कृष्ण सबुज बानियाँले सबै वडामा निर्वाचन अधिकृतहरु समेत खटिई सकेको भन्दै तयारी अन्तिम चरणमा समेत पुगेको बताए ।
१ महानगर पालिका र ११ वटा नगरपालिका रहेको काठमाडौंमा १ सय ३८ वडा रहेका छन् । १० क्षेत्र रहेको काठमाडौंबाट कांग्रेस महाधिवेशनमा २ सय ५० जना महाधिवेशन प्रतिनिधि छानिने छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend