बुटवल । नेकपा (एकीकृत समाजवादी)ले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न बैठकले मेटमणि चौधरीको नेतृत्वमा लुम्बिनी प्रदेश कमिटी गठन गरेको हो । उनी केन्द्रीय कमिटी सदस्यसमेत रहेका छन ।
चौधरी अध्यक्ष रहेको कमिटीमा रुपन्देहीका राजु गुरुङ सचिव, जिल्ला अध्यक्षहरू सदस्य रहने गरी प्रदेश कमिटी बनाइएको सचिव गुरुङले जानकारी दिए। उनका अनुसार कमिटीलाई आगामी केन्द्रीय कमिटिको बैठक र प्रदेश भेलापछि पूर्णता दिइनेछ।
भेलाले लुम्बिनी प्रदेशका सबै जिल्लाहरूमा भेला र बैठकहरू गर्ने निर्णय गरेको छ। बैठकमा लुम्बिनी प्रदेशका जिल्ला अध्यक्षहरूले जिल्लामा पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend