सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जग्गा बिक्रीमा कमिसन लिएको पुष्टी गर्न गौरका मेयर गुप्ताले दिए जग्गा कारोबारी विजय यादवलाई कडा चुनौती

जग्गा बिक्रीमा कमिसन लिएको पुष्टी गर्न गौरका मेयर गुप्ताले दिए जग्गा कारोबारी विजय यादवलाई कडा चुनौती

जग्गा बिक्रीमा कमिसन खाएको कुरा बाहिर आईरहेको वेला गौर नगरपालिकाका मेयर अजय गुप्ताले गौर राइसमिलको जग्गा बिक्री गर्न आफूले कसैसँग रकम नलिएको बताएका छन् । मेयर गुप्ताले आफुले रकम लिएको पुष्टी गर्न सार्वजनिक अभिव्यक्ति दिने जग्गा कारोबारी विजय यादवलाई चुनौती दिएका छन् ।

गौर नगरपालिका कार्यालयमा पत्रकार सम्मेलन नै आयोजना गरी उनले आफुहरुलाई सडयन्त्र पूर्वक बदनाम गर्न खोजिएको भन्दै आक्रोष पोखे । अहिले यो राइसमिलको जग्गा बिक्री सम्बन्धी गौरमा खुवै चर्चाको बिषय बनेको छ । तर धनुषाका जग्गा कारोबारी विजय यादवले राइसमिल बिक्री गराउन मेयर, वडाअध्यक्ष तथा राजनीतिक दलका व्यक्तिहरुले १ करोड १० लाख रुपैयाँ मागेको र त्यसमध्ये ८० लाख रुपैयाँ बुझिसकेको दावी गरेका छन् ।

अहिले जग्गा कारोबारी विजय यादव र मेयर अजय गुप्ता बिच आरोप प्रत्यारोप चलेको छ । ‘राइसमिलको जग्गालाई खेलमैदानकै रुपमा रंगशालामा परिणत गर्नबाट कसैले रोक्न नसक्ने मेयर अजय गुप्ताले दावी गरेका छन् । आफ्नो राजनीतिक चरित्र बिगार्न र राइसमिल अधिग्रहणको प्रक्रिया रोक्न केही व्यक्तिहरु लागी परेको गुप्ताको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend