नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटा नसच्चिए संसद चल्न नसक्ने बताएका छन्। नेकपा एमाले उदयपुरले बुधबार गरेको कार्यकर्ता भेलालाई गाईघाटमा सम्बोधन गदै पूर्वसभामुख समेत रहेका उनले यस्तो बताएका हुन् ।
अघिल्लो सरकारले ल्याएको विकासका आयोजना रोकिनु दुर्भाग्यपूर्ण भएको नेम्वाङले बताए। नेम्वाङले वर्तमान सरकारले विकास निर्माणलाई प्राथमिकता नदिनु र भइरहेका काम रोक्नुले सरकारले जनताका पक्षमा काम नगरेको स्पष्ट भएको बताए।
उनले विकासको गतिलाई रोक्ने सरकारको कदमलाई ‘प्रतिगमन’को संज्ञा दिए। सरकारका हठात् निर्णयले मुलुकको विकास र समृद्धिको मार्गमा गम्भीर ठेस लाग्ने भन्दै नेम्वाङले वर्तमान सरकारले आशा गर्ने ठाउँसमेत नराखेको बताए।२० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी गर्नुको उद्धेश्य नेकपा एमाले फुटाउने मात्र रहेको उनले बताए।
अध्यादेशलाई यथास्थितिमा राखेर मन्त्रिपरिषद्लाई पूर्णता दिने हिम्मत सरकारसँग छ रु,ु नेम्वाङले प्रश्न गरे।विगतमा ४० प्रतिशत सदस्यले दल विभाजन गर्न सक्ने अध्यादेश जारी हुँदा विरोध गर्नेहरूले अहिले २० प्रतिशतको प्रावधानको अध्यादेशबारे आवाजसमेत नउठाएको आरोप उनले लगाए।
नेम्वाङले मुलुकलाई अस्थिरताको खाडलमा हाल्ने प्रयास भइरहेको पनि बताएका छन्। सभामुखकै कारण प्रतिनिधिसभा अगाडि बढ्न नसक्ने स्थितिमा पुगेको उनले उल्लेख गरे।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले विद्रोह गर्दै नेपाल नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० बनाएपछि छिन्नभिन्न कार्यकर्तालाई एकीकृत गर्न एमालेले कार्यकर्ता भेलाको आयोजना गरेको हो।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend