सल्यान । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओली पार्टी र मुलुकको हितमा भन्दा पनि आफ्नो निहित स्वार्थ परिपूर्ति गर्ने उद्देश्यले अघि बढ्दा त्यसको विरुद्धमा विद्रोह भएको बताएकी छिन् । उनले ओलीको नक्कली राष्ट्रवाद धेरै दिन टिक्न नसक्ने दाबी गरेकी छन् ।
ओली बाहिरी रूपमा जति राष्ट्रियताको पक्षमा देखिएको भए पनि उनको बाहिरी आवरण मात्र भएको उनको भनाई छ । बुधबार सल्यानको सल्ली बजारमा आयोजित अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा झाँक्रीले यस्तो बताएकी हुन ।
धेरै लामो संघर्षबाट प्राप्त उपलब्धिको रूपमा रहेको संविधान नै सिध्याउने तरिकाले अघि बढेपछि आफूहरूले विद्रोह गरेको दाबी गरिन् । उनले भनिन्, ‘जुनसुकै ठाउँमा पनि विद्रोहले वैधता पाएको छ । हाम्रो केपीविरुद्धको विद्रोहले झनै वैधता नपाउने कुरै भएन ।’
ओलीले प्रालि चलाएर बसेको बताउँदै उनले ०६२ सालको जनआन्दोलनमा संविधान विरोधी भएको र प्रधानमन्त्री हुनको लागि मात्र गणतन्त्रमा हस्तान्तरण गरेको उनले दाबी गरिन् । जनआन्दोलन भई रहँदा बयलगाडा चढेर अमेरिका पुग्न सकिँदैन भन्ने अहिले बाध्यताले स्वीकार गरे पनि गणतन्त्रलाई असफल बनाउन उद्यत रहेको उनको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend