शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कोहीकोही शेरबहादुर देउवाको पुच्छर बनेः रायमाझी

कोहीकोही शेरबहादुर देउवाको पुच्छर बनेः रायमाझी

 

 

बुटवल । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले शेरबहादुर देउवालाई टीका लगाई प्रधानमन्त्री बनाएको बताएका छन । बुधबार बुटवलमा एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन ।

जनादेशको विरुद्ध परमादेशबाट शेरबहादुर देउवालाई टीका लगाइदिएर प्रधानमन्त्री बनाएको भन्दै उनले विदेशी शक्ति केन्द्र एकातिर र केपी ओलीको नेतृत्व अर्कोतिर भएको बताए ।

पार्टी अनुशासनमा नबस्ने नेताहरुलाई पार्टीले कारबाही गरेको जिकिर गर्दै उनले संसदमा पनि बहुमत जुटाउन नसक्ने, पार्टीमा पनि बहुमत नपुग्ने भएपछि कोहीकोही शेरबहादुर देउवाको पुच्छर बनेको टिप्पणी गरे ।

एमाले नेता छविलाल विश्वकर्माले अहिलेको परिस्थिति असामान्य रहेको भन्दै विस्तारै सामान्यतर्फ जाँदै गरेको बताए । उनले १० बुँदे सहमतिपछि एमाले अहिले झन् एकतावद्ध र पुनर्जागृत भएको जिकिर गर्दै राष्ट्रका समस्या समाधानमा बलियो शक्ति बन्ने बताए । पार्टीभित्र रहेका सबै एकतावद्ध भएर योग्यता र क्षमतालाई विस्तार गर्दै जनताको मन जित्नुपर्ने खाँचोसमेत उनले औंल्याए ।

नाकाबन्दीले नेपाली जनताको ढाड सेकेको बेला सहज बनाउने पार्टी एमाले नै रहेको जिकिर गर्दै उनले लामो समय समृद्धिको सपना देखाएको र जनताको काम गर्ने पार्टी एमाले नै रहेको दाबी गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend