सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कसैको दबाव र हस्क्षेपले संबिधान संशोधन हुदैनः प्रधानमन्त्री ओली

कसैको दबाव र हस्क्षेपले संबिधान संशोधन हुदैनः प्रधानमन्त्री ओली

k|d cf]nL ;f+;bx?n] p7fPsf s'/fsf] hjfkm lbg'x'Fb} k|wfgdGqL s]kL zdf{ cf]nL cfOtaf/ k|ltlglw;efsf] a}7sdf cfˆgf] kIfdf ljZjf;sf] dt lng] qmddf ;f+;bx?n] p7fPsf s'/fsf] hjfkm lbg'x'Fb} . tl:a/ M /Tg >]i7, /f;;

केही मधेशबादी दलहरुले संबिधान सशोधन हुने ग्यारेन्टी भए मात्र सरकारमा सहभागी हुने बताईरहेको वेला प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आवश्यकता र जनताको चाहना बमोजिम मात्रै संविधान संशोधन हुन सक्ने स्पष्ट पारेका छन् । संविधान अपरिवर्तनशील दस्तावेज नभएको भन्दै कसैको दबाव र हस्क्षेपले सबिधान संशोधन नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै यस्तो कुरा बताएका हुन ।

प्रधानमन्त्री ओलीले विनियोजन विधेयक अन्तर्गत मन्त्रालयत जवाफका क्रममा बोल्दै लोकतन्त्रलाई बलियो बनाउनु पर्ने आजको आवश्यकता भएको समेत बताए । ’प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ४ वटा निकायहरु माथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले नयाँ अभ्यासमा देश जान लागेको अवस्थामा देशमा सुशासन कायम गर्न, अधिकारको सुरक्षा गर्न, अवशरहरुको प्राप्ति, जीऊ, धन, आस्था र विश्वासको सुरक्षाका लागि राष्ट्रिय अनुसन्धान विभाग लगायतका अन्य विभागहरुलाई प्रधानमन्त्री कार्यालय मातहतमा ल्याइएको पनि स्पष्ट पारेका पारे ।

प्रधानमन्त्री ओलीले बजेट पैसा खेलाउन र प्रपञ्चका लागि नभई देश बनाउनका लागि ल्याइएको भन्दै देशमा भ्रष्टाचार बढ्दै गएको भन्ने आरोपलाई आफू मान्न तयार नभएको तर भ्रष्टाचार नियन्त्रण भैनसकेको अवस्थालाई स्वीकार गर्ने तथा भ्रष्टाचारलाई निर्मूल पारेरै छाडिने प्रतिबद्धता व्यक्त गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend