शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पार्टी बिभाजनले एमालेलाई कुनै असर नपरेको भन्दै गोकर्ण बिष्टले गरे यस्तो टिप्पणी, कार्यकर्तामा उत्साह

पार्टी बिभाजनले एमालेलाई कुनै असर नपरेको भन्दै गोकर्ण बिष्टले गरे यस्तो टिप्पणी, कार्यकर्तामा उत्साह

 

 

गुल्मी। नेकपा एमालेका सचिव गोकर्ण बिष्टले पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदलले तयार गरेको सहमति माधव नेपालबाट धोका भएको टिप्पणी गरेका छन । माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेको उनले बताए ।

नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टले पार्टी बिभाजनलाई क्रान्तिकारीसँग जोडेको बताएका हुन् ।

उनले भने, ‘सिद्धान्त र बिचारसँग तुलना गरेर एउटा क्रान्तिकारी त्यागी महामनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु नै माधब नेपालले ठूलो उपलब्धि मान्‍नुभयो। ‘ १० बुँदे सहमति कार्यवन्यनमा माधव नेपालबाटै असहयोग भएकाले पार्टी विभाजन भएको उनले बताए ।
। उनले भने, ‘पार्टी एकता बाहेक बिकल्प छैन। द्वन्द्व बिरोधको पार्टी भित्रबाटै गरौं भन्दा अन्त्यमा माधव नेपालले म मान्दिन भन्‍नु भयो।’

नेता विष्टले नेपालले पार्टी एकताभन्दा पनि विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन भएको जिकिर गरे। पार्टी बिभाजन भएपनि ठूलो असर एमालेलाई नपरेको उनको भनाई छ ।

उनले पार्टीमा देखिएका समस्याहरुलाई समाधान गर्दै अगाडि बढनु पर्नेमा जोड दिए । उनले कार्यकर्तातर्फ बोल्दै भने, ‘केन्द्रीय नेताहरु बिभिन्न बिषयमा असहमति जनाए पनि तपाईहरुको पंक्तिले नेताको आधारमा आफ्नो धारणा नबनाउनुस् । ‘

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend