शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन, प्रदेश सरकार सुरक्षित

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा दीर्घ सोडारी चयन, प्रदेश सरकार सुरक्षित

 

 

कैलाली । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी चयन भएका छन् । सो पार्टीका ज्येष्ठ प्रदेशसभा सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले मन्त्री सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो ।

बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राख्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य दुर्गाकुमारी विकका अनुसार संसदीय दलको बैठकमा मुख्यमन्त्री भट्ट नेतृत्वको सरकारलाई जनाएको समर्थनलाई निरन्तरता दिने सम्बन्धमा सर्वसम्मत निर्णय गरिएको हो । यस सम्बन्धमा प्रदेशसभा सचिवालयलाई मंगलबार नै औपचारिक रुपमा जानकारी गराइएको उनको भनाइ छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन जारी राख्ने निर्णय गरेसँगै सुदूरपश्चिम प्रदेश सरकार सुरक्षित भएको छ । ५२ सदस्यीय प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीका १४ र माओवादी केन्द्रका १३ सांसद छन् । सरकारमा रहेका यी दुवै दलका सांसद मिलाउँदा प्रदेशसभामा सरकारको पक्षमा पूर्ण बहुमत रहन्छ । रातोपाटीबाट

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend