शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

रावल जस्तो सुकै त्याग गर्न पनि तयार, पार्टी छाडेर जानेलाई दिए यस्तो दनक !

रावल जस्तो सुकै त्याग गर्न पनि तयार, पार्टी छाडेर जानेलाई दिए यस्तो दनक !

 

 

धनगढी, नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर राववले पार्टीको रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्। धनगढीस्थित एमाले पार्टी कार्यालयमा मंगलबार कार्यकर्तासँग छलफल गर्दै रावलले व्यक्तिभन्दा पार्टी महत्वपूर्ण भएकाले त्यसलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन्। रावलले तर, कसैले पाखा लगाउन खाजेकोमा त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए।

ुएमाले बचाउन गिम मात्र होइन, सबै कार्यकर्ता त्याग गर्न तयार हुनुपर्दछ‘, रावलले भने, ‘तर त्यागलाई कमजोरी ठानियो भने त्यसको परिणाम अर्कै हुनेछ, त्यो ठूलो गल्ती हुनेछ।’ उनले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए। उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अत्रतत्र गएको बताए। लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा हुँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभलानमा परेको पनि उनले बताए। रावलले देश र जनताभन्दा पदलाई महत्व दिनेहरुले पार्टी फुटाएको आरोप पनि लगाए।

माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) मा गएका सुदूरपश्चिमका नेताहरुलाई इंगित गर्दै उनले यस्तो बताएका हुन्। ‘म उपप्रधान तथा गृहमन्त्री भएर धनगढी पुगेपछि तपाईँको लागि ज्यान दिन्छु भन्ने अनुहारलाई अहिले सम्झिरहेको छुु, उनले भने, ुयो धर्ती पल्टेला कमरेड तर तपाइँको साथ छाड्दैनौँ भन्थे। तर अहिले सबैभन्दा पहिले उनीहरु नै उफ्रिएको देखे।’

उनले पार्टी छाडेर जानेलाई स्वार्थी भने। रावलले १० बुँदे सहमति कार्यान्वयन गर्नुमा सबै नेता–कार्यकर्ताको कर्तव्य रहेको पनि बताए। उनले कसैले कसैलाई इञ्चार्जबाट हटाएको कुरामा सत्यता नभएको बताए। आफू एमालेको उपाध्यक्ष र सुदूरपश्चिम संयोजकको हैसियतमा अहिले पनि कायमै रहेको उनले बताए। ुपार्टीको हित हुन्छ भने म पद छाड्न डराउने मान्छे होइन, तर उपलब्धि नहुने गरि कसैले कसैलाई जिम्मा दिन्छ भने त्यसको अर्थ छैन,’ रावलले भने। एमाले सुदूरपश्चिमको इन्चार्जलाई लिएर रावल र नेता लेखराज भट्टबीच विवाद छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमको इन्चार्ज लेखराज भट्ट नै भएको बताएका थिए। विवादबीच दुवै नेता अहिले काठमाडौंबाट सुदूरपश्चिममा केन्द्रित भएका छन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend