शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सर्वोच्च अदालतले दियो यस्तो अन्तरिम आदेश, एमालेलाई फेरि ठूलो झड्का

सर्वोच्च अदालतले दियो यस्तो अन्तरिम आदेश, एमालेलाई फेरि ठूलो झड्का

 

 

काठमाण्डौ । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई नेकपा एकीकृत समाजवादी रोज्न पाउने भएका छन् ।सांदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा समाहित हुन पाउने गरी सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले सांसदद्वय नेकपा एसमा सहभागी हुन पाउने गरी अन्तरिम आदेश जारी गरेको हो ।

 

 

साथै सर्वोच्चले यो रिटको अन्तिम टुंगो नलागेसम्म नयाँ पार्टीमा सामेल हुन पाउने उनीहरूको हकमा प्रतिकूल असर पुग्ने कुनैपनि कारवाही नगर्न पनि आदेश दिएको छ ।

निर्वाचन आयोगले नेकपा एसको सांसदको रूपमा सनाखत गर्न नमानेपछि पाण्डे र भट्टले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend