काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार झापा जादै छन् । विर्तामोडमा आयोजित एमाले कार्यकर्ताको एक भेलामा सम्वोधन गर्न ओली त्यहाँ जाने भएका हुन् ।
उनी पार्टी बिभाजन भएपछि पहिलोपटक गृहजिल्ला झापा जाने भएका हुन् । भेला विर्तामोडको सिटी सेन्टरमा आयोजना गरिएको छ । उनी कार्यक्रममा सहभागी भएर आज नै फर्कने कार्यतालिका रहेको जनाइएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend