आज बिहान सोलुखुम्बुमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेचा सल्यानबाट पतलेबजार हाटमा जाँदै गरेको को १ झ १८६० नम्बरको जीप सोलुको कुण्ड नगरपालिका–११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने भीरबाट शुक्रबार बिहान करिब साढे ७ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिएका छन् । एक जना ९ वर्षको बच्चालाई उद्धार गरेर उपचारको लागि सदरमुकाम ल्याइएको बताईएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend