फाइल तस्बिर
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दलमाथि भेदभाव गरेकाले संसद् अवरुद्ध पार्नु परेको बताएका छन । पूर्वसभामुखसमेत रहेका नेम्वाङले प्रतिनिधिसभा बैठक विना अवरोध सञ्चालनका लागि सत्तापक्ष र सभामुखले अझै पहल नगरेको भन्दै आक्रोश पोखेका छन् ।
आइतबार संसद् भवन परिसरमा उनले संसद् अवरुद्ध भइरहने स्थितिको अन्त्य कहिले गर्नुहुन्छ भनेर सरकारलाई प्रश्न गरिदिन पनि संञ्चारकर्मीलाई आग्रह गरे ।
“संसद् बैठक अवरुद्ध हुने यो स्थितिलाई कहिलेसम्म कायम राख्नुहुन्छ ? कहिलेसम्म प्रतिपक्षलाई हामीप्रति भेदभाव भइहरन्छ ? त्यो भेदभावको स्थिति कहिले अन्त्य हुन्छ भनेर प्रतिपक्षले महसुस गर्ने कहिलेसम्म हो ? यस्तो भइरहँदा पनि सत्तापक्ष र सभामुखले अहिलेसम्म अलिकति पनि कुरा नगरिकन, छलफल नगरिकन बसी राख्न सक्नुहुन्छ ? ” उनले भने ।
नेम्वाङले माधवकुमार नेपालसहितका आफ्ना पार्टीले निष्कासन गरेका १४ जना सांसदहरूको सूचना संसद् सचिवालयमा टाँस नगरुन्जेल अवरुद्ध प्रतिनिधिसभा बैठक खुलाउन नसक्ने पार्टीको अडान समेत बताए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend