शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले स्थायी कमिटी बैठक जारी

एमाले स्थायी कमिटी बैठक जारी

 

फाइल तस्वीर

काठमाडौँ । नेकपा एमाले स्थायी कमिटीको बैठक जारी छ । एमाले नेता प्रदीप ज्ञवालीका अनुसार बैठकमा विधान महाधिवेशनका प्रस्तावमाथि छलफल भइरहेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा जारी बैठकमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझीसहित ओली समूहमै रहेका पृथ्वीसुब्बा गुरूङ र किरण गुरूङ अनुपस्थित छन् ।

उनीहरु पार्टीकै कामको शिलशिलामा व्यस्त भएकाले उपस्थित नभएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक संसद बैठकका कारण अन्तिम समयमा स्थगित गरिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend