स्वर्गीय मदन भण्डारीको बारेमा सवैले चासो दिएको पाईन्छ । भण्डारीले देशको लागी गरेका कामको बारेमा खुलेर समर्थन गर्ने पनि त्यतिकै मात्रामा पाईन्छन् । चाहे आफनै पार्टीका कार्यकर्ता नेता हुन वा प्रतिपक्ष पार्टी सवैले उनको योगदानको बारेमा खुलेर समर्थन गरेको पाईन्छ ।
यस्तै नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मदन भण्डारीको समर्थनका कारण २०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको दावी गरेकी छिन् । नेतृ कोइरालाले ‘मदन भण्डारीको साथ २०४६ सालमा जनआन्दोलन सफल नहुन पनि सक्ने उनको भनाई छ ।
राजधानीमा मदन भण्डारी फाउण्डेसनले आायोजना गरेको कार्यक्रममा कोइरालाले ‘मदन भण्डारीले यो विचार जनतामा नदिएको भए अहिलेको नेपाल कता जान्थ्यो भन्न नसिकने बताईन । कोइरालाले देशमा बलियो सरकारको निर्माण भएको समयमा आर्थिक विकासका लागि आफूहरुले सहयोग गर्ने उनको भनाई छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend