शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

सभामुखको ओठ मुख सुक्ने गरी एमालेका सांसदको चल्यो नाराबाजी

सभामुखको ओठ मुख सुक्ने गरी एमालेका सांसदको चल्यो नाराबाजी

फाइल फोटो।

 

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको ओठ मुख सुक्ने गरी नेकपा (एमाले)ले प्रतिनिधिसभाको शुक्रवारको बैठकमा पनि अवरोध गरेको छ। बैठक सुरु हुनासाथ नेकपा एमालेका सांसदहरु नाराबाजी गर्दै विरोधमा उत्रिएका हुन्।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिका निष्पक्ष नदेखिएको भन्दै आक्रोशित रहेको एमालेले आजको बैठक सुरु हुनासाथ नारावाजी गरेको हो। यसअघि बुधवारको बैठकमा पनि एमालेले अवरुद्ध गरेको थियो।

नेकपा एमालेले कारवाही गरेका सांसदहरुलाई सभामुखले सूचना टाँस नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ। एमालेका सांसदहरुको अवरोधका बावजुद गृहमन्त्री बालकृष्ण खाणले राजनीतिक दल सम्बन्धि विधेयक संसदमा पेश गरेका थिए। एमालेले आफ्नो दल विभाजनमा सभामुखले भूमिका खेलेको भन्दै आक्रोश व्यक्त गरिरहेको छ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend