फाइल फोटो
काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज कडा कदम चाल्ने भएको छ । उसले आज पनि संसद बैठक अवरुद्ध गर्ने भएको छ । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसअघि बसेको प्रतिनिधिसभाको नवौं अधिवेशनको पहिलो, दोस्रो र तेस्रो बैठक एमालेले अवरुद्ध गरेको थियो ।
आज दिउँसो १ बजे बस्ने बैठकमा आफूहरूको मागको यथोचित सम्बोधन नभएसम्म अवरुद्ध गर्ने तयारी भएको एमालेका एक सांसदले बताए । उनका अनुसार आज पनि संसद बैठक सुरुमै अवरुद्ध हुनेछ ।
अमेरिकी परियोजना एमसिसीको चर्चाबीच सुरु भएको नवौं अधिवेशनको पहिलो दिनका तीनवटै बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले आज (बिहीबार) दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए ।
कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस गरेका छन् । आज बस्ने बैठकमा एमालेको भूमिकालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend