शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री देउवाले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

 

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बिहान  ११ः४५ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनायो।

मन्त्रिपरिषद्अघि सत्तारुढ पाँच दलका शीर्ष नेताहरुबीच बैठक बस्दैछ। बैठक बिहान ९ बजे बस्न लागेको हो। आजको बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ। असार २९ गते सर्वोच्च अदालतको परमादेशपछि बनेको पाँच दलको गठबन्धन सरकारले झन्डै दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन।

यसै गरी सत्तारुढ दलका शीर्ष नेताबीच एमसीसीबारे पनि छलफल हुने बताइएको छ। नेपालका लागि अमेरिकी मिलिनियम कर्पोरेसनले प्रदान गरेको एमसीसी सहायताबारे थप प्रष्ट हुन अहिले एमसीसीका उपाध्यक्ष फातेमा सुमारको टोली नेपाल भ्रमणमा छन्।

उनको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बिहीवार भेट गरिसकेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend