शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई दाहालले दिए यस्तो जवाफ !

एमसीसी उपाध्यक्ष फातिमा सुमारलाई दाहालले दिए यस्तो जवाफ !

 

 

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स्ए (मसीसी)की उपाध्यक्ष फातिमा सुमार र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भेटबार्ता भएको छ ।

उपाध्यक्ष सुमार शुक्रबार विहान दाहाल निवास खुमलटार पुगेकी थिइन्। झण्डै एक घण्टा भएको छलफलमा उपाध्यक्ष सुमारले एमसीसी नेपालको हितमा रहेको बताएकी थिइन्। उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेकी थिइन्। जवाफमा अध्यक्ष दाहालले सत्ता गठबन्धनको बैठकबाट एमसीसी पास गर्ने वा नगर्नेबारे साझा धारणा बनाउने जानकारी गराएका थिए। उपाध्यक्ष सुमारले शुक्रबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछिन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend