काठमाडौं । अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता भएको छ । भेटको क्रममा (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्न सहयोग गर्न अध्यक्ष ओलीलाई आग्रह गरेकी थिइन्।
एमसीसी की उपाध्यक्ष फतिमा सुमारको आग्रह भुँइमा खस्न नपाउँदै ओलीले एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् । फतिमासँग ओलीले भने, सरकारमा हुँदा हाम्रो पोजिसन क्लियएर नै थियो । अहिले हामी प्रतिपक्ष भइसकेका छौँ, त्यसैले पहिले सत्तापक्षको सरकारको धारणा आओस् ।
जवाफमा एमाले अध्यक्ष ओलीले विगतमा सरकारको नेतृत्वमा रहँदा आफूले एमसीसी सम्झौता पारित गर्न प्रयास गरे पनि सफल नभएको बताएका भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।बिहीबार नेपाल भ्रमणमा आएकी उनले पहिलो राजनीतिक भेटघाट विपक्षी दलका नेता ओलीबाटै गरेकी थिइन् ।
ओलीलाई भेट्न बालकोट पुगेकी उनले शिष्टाचार भेटका क्रममा एमसीसी अघि बढाउन आग्रह गरेकी थिइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend