काठमाडौं । नेकपा एमालेका सासंदहरुले संसदको रोष्टम घेरेको आधा घण्टा नबित्दै नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले फेसबुकमार्फत एमाले सासंद प्रति चोटिलो प्रहार गरेका छन । उनले एमाले अध्यक्ष केपी ओलीका सन्तानले संसदको रोष्टम घेरेको आरोप लगाएका छन् । बुधबार एमाले सांसदहरूले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेपछि फेसबुकमार्फत यस्तो आलोचना गरेका हुन् ।
उनले लेखेका छन्, ‘हेर्दाहेर्दै १ प्रदेशमा मुख्यमन्त्री भएका व्यक्तिहरु सांसद हटाउनको लागि सदनमा नाराबाजी गर्ने र संघमा केपीका सन्तानहरू प्रतिनिधिसभामा अरू दलका सांसद हटाउनका लागि रोस्टम घेरिरहेका छन् । हेर्दाहेर्दै ! बालुवाटार हुँदै बालकोट भएर रोष्टम अगाडि पुगेर जुलुस गर्ने ठाँउमा पो पुग्न भ्याएछन् ! यहि पारा हो भने बा भन्ने छोराछोरीहरू आफ्नै घरका सन्तानहरूका राजीनामा माग्न बेर लाउँदैनन् । अबोध सन्तानहरू कम्तिमा भएको बिबेक त प्रयोग गर्नुस् ।’
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend