बागमती ।बामगती प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार दिउँसो ६ मन्त्री र ४ राज्यमन्त्री सहित मन्त्रिपरिषद विस्तार गरेकी हुन् ।
प्रदेशसभा सदस्य रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री, विजय सुवेदी सामाजिक विकास मन्त्री, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमा केशव पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा शान्तिप्रसाद पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रीमा अजयक्रान्ति शाक्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादर लामा र स्वास्थ्य मन्त्रीमा प्रदीप कटुवाल नियुक्त भएका छन् ।
यस्तै प्रदेशसभा सदस्य जुनुली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री, सरस्वती बाटीलाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री, जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यामन्त्री र बद्री मैनाली भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले पद तथा गोपनीयताको सपथ खुवाएकी हुन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend