आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोसपाको संसदीय दलको नेता को बन्दै छ ?

लोसपाको संसदीय दलको नेता को बन्दै छ ?

 

 

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा संसदीय दलको नेता बन्न होडबाजी सुरु भएको छ । लोसपा नेपालमा संसदीय दलको नेताका दाबेदार तीन जना देखिएका छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारीले संसदीय दलको नेतामा दाबी गरिरहेका छन् ।

यद्यपि, जति नेताले दाबी गरे पनि अन्ततः महन्थ ठाकुर नै संसदीय दलको नेता बन्ने सो पार्टीका एक कार्यकारिणी समिति सदस्यले बताए । ‘अहिले ज–जसले दाबी गरे पनि लोसपा संसदीय दलको नेता महन्थ ठाकुर नै बन्नेछन्,’ उनले भने, ‘पार्टी पद्धति अनुसार पार्टीको अध्यक्षले संसदमा प्रतिनिधित्व गरेको अवस्थामा उही संसदीय दलको नेता बन्ने चलन देखिन्छ ।’

अहिलेसम्म सबै पार्टीमा त्यस्तै अभ्यास देखिएको दाबी गर्दै उनले पार्टीको सांसद भएपछि स्वाभाविक रुपमा सबैले दाबी गर्न पाउने भए पनि अध्यक्ष ठाकुर नै संसदीय दलको नेता हुने ठोकुवा गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend