शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रदेशसभामा एकीकृत समाजवादी बन्यो चौथो ठूलो दल

प्रदेशसभामा एकीकृत समाजवादी बन्यो चौथो ठूलो दल

 

 

जनकपुरधाम । प्रदेश २ मा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा थप एकजना प्रदेशसभा सदस्यले सनाखत गरेका छन्।

भारतको दिल्लीमा क्यान्सरको उपचार गराइरहेका डिल्लीप्रसाद उप्रेतीले मंगलबार प्रदेश निर्वाचन कार्यालय जनकपुरधाम पुगेर सनाखत गरेका हुन्। यससँगै नेकपा एमाले छाडेर नेकपा (एस) मा सनाखत गर्ने प्रदेशसभा सदस्यको संख्या १३ पुगेको छ।

एमाले छाडेर नेकपा एस रोज्ने सांसदहरुमा मदनसेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, सत्रुधन महतो, गोविन्द न्यौपाने, रवीन्द्र बैठा, मञ्जु यादव, हसिमा खातुन, वेची लुंगेली, अशोक यादव, प्रमोद यादव, शुन्दर बहादुर विश्वकर्मा, सीता गुरुङ्ग र डिल्लीप्रसाद उप्रेती रहेका छन्।

पार्टी विभाजन पश्चात नेकपा एस प्रदेशसभामा चौथो ठूलो दल बनेको छ। जसपा सबैभन्दा बढी प्रदेशसभा सदस्यसहित पहिलो पार्टी रहेको छ भने नेपाली कांग्रेस दोस्रो, पार्टी विभाजन पश्चात बनेको लोसपा तेस्रो र एमाले फुटेर बनेको नेकपा एस चौथो ठूलो पार्टी बनेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend