शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले संग मुकाबिला गर्ने सपना नदेख्‍न माधव नेपाललाई ओलीको चेतावनी

एमाले संग मुकाबिला गर्ने सपना नदेख्‍न माधव नेपाललाई ओलीको चेतावनी

 

 

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको पार्टीलाई फुच्चे पार्टीको संज्ञा दिएका छन् ।

मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलामा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसले एमालेसँग लड्न आँट नगरेको बेला नेपालको प्युसो पार्टीले एमालेसँग लड्न सपना नदेख्न व्यंग्य प्रहार गरे ।

उनले भने, ‘एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ ।’

कार्यक्रममा अध्यक्ष ओलीले अब विपक्षीहरूले एमालेलाई एक्लै हेर्न नसक्नेसमेत ठोकुवा गरे । उनले भने, ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले पाँच भाई मिलेर आफ्नो नेतृत्वको सरकार ढालेको र स्वार्थको खेल सुरु भएको पनि आरोप लगाए । साथै, संसद्ले काम गर्न नसक्ने र बच्न नसक्ने अवस्था उत्पन्न भएपछि आफूले विघटन गरेको बताए । संसद विघटनको सदर र बदर पहिलेदेखि नै चलि आएको पनि उनले बताएका छन् ।

उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिए । पोखरामा पुगेर एमाले अध्यक्ष ओलीले नेकपा एमाले जनताको पक्षमा भएकोले मुकाबिला गर्ने सपना नदेख्‍न चेतावनी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अहिलेको सत्ता साझेदार दलहरुसँग विकास भन्‍ने चितको वैरभाव रहेको टिप्पणी गरे ।

उनले भनेका छन्, ‘मकहाँ आउँदा कोही भाइ त कोही छोरीवादमा कुद्ने, कामै गर्न नदिने, विकास भन्ने चिजसँग रुची होइन वैरभाव छ । एमालेको विकासप्रेमी सरकार ढाल्न माधव नेपाल र प्रचण्ड नै लागे। माधव नेपालको प्युसो। उम्रिन पाएको छैन एमालेसँग मुकाबिला गर्ने सपना देख्छ !’

उनले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल सुरु गरेको आरोप लगाए।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend