शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

एमाले अध्यक्ष ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जाँदै

एमाले अध्यक्ष ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न पोखरा जाँदै

 

 

काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पोखरा जाने भएका छन् । अध्यक्ष ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्नका लागि पोखरा जान लागेका हुन् । गत २ जेठमा राष्ट्रपति विद्या भण्डारीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश स्वीकृत गरेलगत्तै एमाले विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनेको छ ।

पार्टी विभाजनपछि एमालेले देशैभरी कार्यकर्ता भेला र प्रशिक्षण आयोजना गरिरहेको छ । पोखरामा हालसम्म माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा कोही जनप्रतिनिधि र नेताहरु खुलेका छैनन् ।

निर्वाचन आयोगले दल रोज्न जनप्रतिनिधिहरुलाई आजसम्मको समय दिएको छ । एमाले र तत्कालीन जनता समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिले आजसम्म पुरानै पार्टीमा बस्ने कि नयाँ पार्टीमा जाने भन्ने निर्णय गर्न सक्नेछन् ।

 

 

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend